Monthly Archives: December 2018

हुरेक नेपालको नवौं बार्षिक साधारण सभा सम्पन्न

HUREC Nepal AGM

मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक) नेपाल सुर्खेतको नवौं साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा चालु आ.व २०७४।०७५ को रु १२८९००। को आय व्याय प्रस्तुत गरिएको थियो । साथै आगामी आ.व २०७५।०७६ को लागी रु १६०००००। सोह्र लाख बरावरको प्रस्तावीत आय व्याय प्रस्तुत गरिएको छ ।

संस्थाले मानवअधिकार, वातावरण संरक्षण र युवा सशक्तिकरणका क्षेत्रमा पैरवी र वकालत गर्दे आएको छ । कार्यक्रममा आलोपालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगतकुमार विसीले संस्थाले परियोजना भन्दा पनि अभियान मुखी भएर गतिविधी संचालन गरेको बताउनु भयो  ।

साधारण सभामा धारणा राख्दै सुरेश कुमार वलीले सामाजिक संस्थाले समाजमा रहेका कुरिती र कुसंस्कार विरुद्ध नागरिकहरुलाई सचेत गराएको बताउनु भयो  । कार्यक्रममा वीरेन्द्रनगर नगरपालीका वडा नं ११ का अध्यक्ष नन्दलाल शर्माले संस्थाले संचालन गरेका गतिविधीले समुदायमा राम्रो प्रभाव पारिरहेको धारणा राख्नु भयो ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सभाको सदस्य पद्मा खड्काले संस्थाहरुले राज्यको सहयोगीको रुपमा काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “सरकार एक्लैले सवै काम गर्न नसक्ने हुँदा गैर सरकारी संस्थाले सरकारका कामहरुलाई सहयोगीको रुपमा सघाइरहेका छन् ।” हुरेक नेपालले मानवअधिकार र शुसासनका क्षेत्रमा थप काम अगाडी बढाउनु पर्ने उहाँले बताउनु भयो  ।

साधारण सभा संस्थाको अध्यक्ष गणेशबहादुर वलीको अध्यक्षता र सांसद पद्मा खड्काको प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।